काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.५० प्रतिशत अर्थात १३.३६ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ७०७ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.२६ प्रतिशत अर्थात ०.१० डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ३१.९८ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।