काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा जस्मिन हाडा बज्राचार्य नियुक्त भएकी छन् । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर २७ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।