काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारेबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।