गोरखा ब्रुअरी–खालिसीसीको सहकार्यमा ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु
काठमाण्डौ । गोरखा ब्रुअरी (कार्ल्सबर्ग समूह) ले शिशाका बोतलको पुनःप्रयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु गरेको छ। खालिसीसीसँगको सहकार्यमा अघि बढाइएको यस अभियानले देशभरका बार, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक स्थललाई जोड्दै जिम्मेवार स्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

