बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंसिर २६ गते सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए...

