सेयरबजारमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले बढेर ४७०.६३ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच...

