सर्वसाधारणका लागि प्रभु बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४१ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

