चाँदीको मूल्यमा ऐतिहासिक वृद्धि: साना लगानीकर्ताका लागि सुनौलो अवसर
काठमाण्डौ । वर्तमान समयमा चाँदीको मूल्य ऐतिहासिक उच्चतम स्तरमा पुगेको छ, जसले साना लगानीकर्ताका लागि नयाँ अवसरहरूको सिर्जना गरेको छ।
TRENDING
काठमाण्डौ । वर्तमान समयमा चाँदीको मूल्य ऐतिहासिक उच्चतम स्तरमा पुगेको छ, जसले साना लगानीकर्ताका लागि नयाँ अवसरहरूको सिर्जना गरेको छ।
काठमाण्डौ । सुन बजार फेरि तातिएको छ । विश्वभर सुनको मूल्य नयाँ-नयाँ रेकर्ड तोड्दै जाँदा भारतको केन्द्रीय बैंक (आरबीआई) ले अचानक दुई महिनादेखि सुन किन्ने काम रोक्ने निर्णय गरेको छ।यस निर्णयले लगानीकर्तादेखि विश्लेषकसम्म सबैको ध्यान तानेको छ। आखिर किन भारतजस्तो ठुलो अर्थतन्त्रले सुन खरिद रोक्यो?
न्यूयोर्क । सुनको वर्ष अत्यन्तै धमाकेदार हुँदैछ र यस्तो स्थिति प्रायः विश्वस्थितिका लागि ‘रेड फ्ल्याग’ अर्थात् चेतावनी संकेत मानिन्छ।यस हप्ता सुनको मूल्य प्रतिऔंस ४,००० डलर नाघेको छ, र वाल स्ट्रिटका केही लगानीकर्ताहरूको भनाइमा यो बढ्दो उकालो यात्रा अझै सुरु मात्र भएको हो।लगानीकर्ताहरूले सुनतर्फ धावा बोल्ने समय प्रायः सुखद हुँदैन; त्यो त तब हुन्छ जब उनीहरूलाई लाग्छ विश्व...
काठमाण्डौ । विश्वव्यापी आर्थिक हलचलले सुनलाई फेरि 'सुरक्षित लगानी' को रूपमा चम्काइदिएको छ। यो वर्ष सुनको मूल्यमा झन्डै ५० प्रतिशतको उछाल आएको छ, जसले गर्दा प्रति औंस $३,९०० भन्दा माथि पुगेको छ। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३३ हजारभन्दा माथि पुगिसकेको छ । यो उछालले साधारण लगानीकर्ताहरूबाटै उत्साह बढाएको छ। तर, सुनको मूल्य किन बढ्छ ? पछिल्लो समयको कारण के हो ? यसपटक...
काठमाण्डौ । दसैँका बिदाका कारण केही दिन रोकिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। असोज १२ गतेपछि पहिलोपटक दर निर्धारण हुँदा सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले उक्लिएको छ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी बढोत्तरी भइरहेको छ । सुनको मूल्य बढेर प्रति औंस ३ हजार ८६४.५७ डलरको उचाईमा पुगेको हो । आज मात्रै सुनको मूल्य प्रति औंस करिब २१ डलरले बढेको अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
काठमाण्डौ । नेपाली बजारमा सुन–चाँदीको मूल्यले आइतबार फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले उक्लिएर दुई लाख २३ हजार २०० रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो।
काठमाण्डौ । विश्व बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेपछि यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ। हाल नेपालमा १० ग्राम सुनको मूल्य १ लाख ९० हजार ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । गत शुक्रबार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । आज सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ ३१ गतेपनि सुनको मूल्य २ लाख १७ हजार १ सय नै पुगेको थियो ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१२ प्रतिशत अर्थात ४० डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ६८५ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो । यससँगै आज प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि संसारको विशाल खजाना समुद्र भित्र लुकेको छ ? यो खजाना समुद्र भित्र शुद्ध सुनको रूपमा अवस्थित छ, जसको मूल्य ट्रिलियन डलर छ। वैज्ञानिकहरूले पृथ्वीको महासागर र समुद्रहरूमा लाखौं टन सुन रहेको अनुमान गरेका छन्, जुन पानीमा घुलनशील छ। वैज्ञानिकहरुले यो सुन निकाल्ने तरिका खोजेका छन् ।तर यो काम त्यति सजिलो भने छैन। प्रत्येक १० करोड...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.९३ प्रतिशत अर्थात ३४ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ६५४ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ९ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात २७.१७ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ६६०.८७ डलरमा कारोबार भईरहेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले एक चौथाई प्रतिशत विन्दुले ब्याजदर घटाउने घोषणा गरेसँगै सुनको मूल्य ओरालो लागेको हो ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा भईरहेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आइतबारको कारोबारमा सुनको मूल्य ७ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा भईरहेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ । शुक्रबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा भईरहेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.