विदेशी पर्यटकको आगमन एकै महिना २९% ले वृद्धि,भारतबाट सबैभन्दा धेरै
काठमाण्डौ । नेपालमा एक महिनाको अवधिमा १ लाख बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटकको आगमन भएको हो । यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा २८.९ प्रतिशतले बढी हो । सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटकले नेपालको भ्रमण गरेका थिए । एक महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् । तथ्यांकअनुसार मार्च...