भारतमाथि आजदेखि ५०% ट्यारिफ लागू, अमेरिकाले जारी गर्यो सूचना
काठमाण्डौ । अमेरिकी सरकारले भारतमा लगाएको २५ प्रतिशत अतिरिक्त कर लागू गर्न आधिकारिक सूचना जारी गरेको छ । यो ट्यारिफ भारतीय समय अनुसार २७ अगस्ट बिहान साढे ९ बजेदेखि लागू हुनेछ।यसअघि भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाइएको थियो । अब अमेरिकाले भारतमाथि लगाएको कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।

