ट्रम्पको विरोधाभासी भनाइ : ‘भारत चीनतर्फ गयो’ भन्दै आलोचना, ‘मोदी महान मित्र’ भन्दै प्रशंसा
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतप्रति विरोधाभासी भनाइ सार्वजनिक गरेका छन्। उनले पहिले भारत “चीनतर्फ गइसकेको” दाबी गरे भने केही घण्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई “महान मित्र” र “ग्रेट प्राइम मिनिस्टर” भन्दै प्रशंसा गरे।ट्रम्पको यस्तो भनाइपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया दिँदै अमेरिकासँगको सम्बन्धलाई...

