डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित
काठमाण्डौ । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् ।प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२) (न) मा व्यवस्था भएबमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।