आईफोन १७ को धमाकाले एप्पलको बजार मूल्य सबै रेकर्ड तोड्दै ४ ट्रिलियन नजिक
काठमाण्डौ । विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनी एप्पल इन्क. को बजार मूल्य नयाँ ऐतिहासिक उचाइमा पुगेको छ। पछिल्ला दिनमा यसको सेयर मूल्य लगातार बढ्दै गएपछि एप्पलको कुल बजार मूल्य (Market Capitalization) झण्डै ४ ट्रिलियन अमेरिकी डलर नजिक पुगेको हो।