बन्दिपुर केबलकारको आइपीओमा ६.८८ गुणा बढी आवेदन, २० लाख बढीको हात खाली हुने पक्का
काठमाण्डौ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६.८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २५ लाख १२ हजार १२२ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ताका लागि आवेदन परेको हो । जुन यो मागभन्दा बढी हो ।