चुनावी परिणामले सेयर बजारमा उछाल, कारोबार खुलेको मिनेटभरमै सर्किट
काठमाण्डौ । चुनावी परिणामको प्रभाव सेयर बजारमा देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत स्थिरता भई अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढ्दा चुनावपछि सोमबार खुलेको बजारमा केही मिनेटमै पोजिटिभ सर्किट लागेको हो ।

