सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी चोलराज शर्मा जोशी र अभय बहादुर शाहको नाममा रहेको सेयर बिक्रीका लागि संस्थाले गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । चोलराज शर्माको नाममा रहेको ५० हजार कित्ता सेयर र अभय बहादुरको नाममा रहेको १९ हजार कित्ता गरी कुल ६९ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

