छ्याङदी हाईड्रोले करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाण्डौ । छ्याङदी हाईड्रोपावरले करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही साउन १४ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।