क्रिप्टो हब बन्दै दुबई, उडान टिकट बुकिङदेखि सम्पत्ति खरिदसम्ममा प्रयोग हुँदै
काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको मुख्य शहर दुबई यतिबेला क्रिप्टोकरेन्सीको हब बन्दै गईरहेको छ । क्रिप्टोकरेन्सीलाई मानिसहरुले दैनिक जीवनमा प्रयोग गर्न थालेका छन् । मानिसहरूले यसलाई उडान टिकट बुकिङदेखि लिएर सम्पत्ति खरिद गर्नका लागि प्रयोग गरिरहेका छन्। हाल, क्रिप्टोकरेन्सीले दुबईमा विशेष स्थान बनाइरहेको छ। युएई कर छुट र लगानीकर्ताहरूको लागि राम्रो वातावरणको...