आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सले ५% नगद लाभांश दिने
काठमाण्डौ । आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहीबार बिहान बसेको सञ्चालक समितिको ३९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको निर्णय गरेको हो ।

