दोर्दी खोला जलविद्युतको स्थगित साधारण सभाका मिति पुनःतय
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनीले स्थगित साधारण सभाको मिति पुनःतय गरेको छ । असार १ गते बस्ने तय भएको कम्पनीको विशेष साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त स्थगित विशेष साधारण सभा यही असार ९ गते ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

