एभरेष्ट बैंकको आज बस्न लागेको साधारण सभाबाट २०% लाभांश पारित हुँदै
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । बैंकको उक्त सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना हुन लागेको हो । सभामा बैंकको हाल कायम चुक्तापूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।

