शोधान्तर स्थिति ७३.६१% ले वृद्धि, रु.१०.२२ अर्बको वैदेशिक लगानी भित्रियो
काठमाण्डाौ । शोधानान्तर स्थिति ५ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको सात महिनासम्ममा शोधानान्तर स्थिति ५ अर्ब ७२ अर्ब रुपैयाँले बचतमा रहेको हो । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । यस हिसाबमा एक बर्षमा शोधान्तर स्थिति ७३.६१ प्रतिशतले वृद्धि भएको छ ।

