सुन र चाँदी दुवैको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ रहेको थियो ।

