१३ दिनमा सुनको मूल्य ८.४१% ले घट्दा चाँदीमा ११.४९% को पहिरो, आजको मूल्य कति छ ?
काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ । असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो ।

