गुगल अल्फाबेटले माग्यो ३.२ करोड लामखुट्टे मानिसहरुबीच खुला छाड्न अनुमति
काठमाण्डौ । प्रविधि क्षेत्रको अग्रणी विश्वव्यापी कम्पनी गुगलको माउ संस्था अल्फाबेटले अमेरिकामा लामखुट्टेबाट सर्ने घातक रोगहरू नियन्त्रण गर्न एउटा नौलो र महत्त्वाकांक्षी कदम चालेको छ। कम्पनीले आफ्नो विशेष स्वास्थ्य प्रविधि परियोजना ‘प्रोजेक्ट डिबग’ अन्तर्गत प्रयोगशालामा विकसित गरिएका ३ करोड २० लाख विशेष लामखुट्टेहरू वातावरणमा छोड्न अमेरिकी सरकारसँग अनुमति मागेको...

