ग्रामीण विकास र समाज लघुवित्तले आजदेखि सुरु गरे एकिकृत कारोबार
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकिकृत कारोबार सुरु गरेका छन् । दुवै संस्था गाभिएर ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट कात्तिक २ गतेबाट एकिकृत कारोबार सुरु भएको हो । यी दुवै संस्थालाईलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

