ग्रीन डेभलपमेन्ट बैंकका सञ्चालक गौतमले दिए राजीनामा
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक आशिष गौतमले राजीनामा दिएका छन् । गौतमले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २० गते राजीनामा दिएका हुन् ।उनको उक्त राजीनामा संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

