गार्डियन माइक्रो लाइफको १.१२ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।