सर्वसाधारणका लागि गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले २४ हजार ६८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

