हिमालयन हाईड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारण सभा आह्वान
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।