निर्यात र आयात दुवै बढ्यो, व्यापार घाटा साढे ९ खर्ब
काठमाण्डौ । चालु आवको ७ महिनासम्ममा कुल वस्तु निर्यात ३२.२० प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३...

