अब भारतमै बन्ने भयो यात्रुवाहक विमान, रुसी कम्पनीसँग सम्झौता
काठमाण्डौ । अब भारतमा यात्रुवाहक विमान निर्माण हुने भएको छ । हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) र रुसी पब्लिक ज्वाइन्ट स्टक कम्पनी युनाइटेड एयरक्राफ्ट कर्पोरेशनबीच यात्रुवाहक विमान एसजे–१०० निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

