एसवाई प्यानलले कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्...

