जीवन विकास लघुवित्तको संस्थापक सेयर खरिदका लागि आवेदन दिने म्याद थप
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा खरिद आवेदन दिने समय थप गरिएको छ । संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने म्याद असोज २ गतेसम्मका लागि लम्बाएको हो । यसअघि उक्त सेयर खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।