कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा
काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले असोज २४ गतेको साधारण सभाबाट पारित गरेको ५.७८९५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा असोज २६ गतेदेखि जम्मा गरेको हो । हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर...

