नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले रु.१०० अंकित दरका ३० लाख कित्ताले हुन आउने रु.३० करोड रकमबराबरको साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज...