माबिलुङ इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा आगामी असार २६ गते ललितपुरको कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

