बजार पूँजीकरण पहिलोपटक ५० खर्ब माथि, नेप्से परिसूचक पनि चार वर्षकै उच्च
काठमाण्डौ । नेपालको सेयर बजार इतिहासामा पहिलोपटक बजार पूँजीकरण ५० खर्ब माथि पुगेको छ । नेप्से परिसूचक ३०.७६ अंकले बढेको आज बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख २ हजार ३४७ रुपैयाँ पुगेको हो । यो सँगै आज लगानीकर्ताहरुको सम्पत्ति ५१ अर्बले बढेको छ । अघिल्लो दिन बजार पूँजीकरण ४९ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । आज फ्लोट मार्केट क्यापिटलाइजेसन पनि १७ खर्ब माथी पुगेको छ ।...