खर्च चुलिँदा नेपाल पुनर्बीमा कम्पनी ७ अर्ब ९८ करोड घाटामा, ईपीएस ५९.४९ रुपैयाँले ऋणात्मक
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिसम्म ७ अर्ब ९८ करोड रुपैयाँ बढी खुद घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खर्च चुलिदा र बीमाशुल्क आर्जन घट्दा कम्पनी घाटा व्यहोर्न बाध्य बनेको हो । यो अवधिमा कम्पनीले १२ अर्ब...

