नेपाल पुनर्बीमामा सर्टटर्म रिबाउन्डको संकेत, तर दीर्घकालीन ट्रेन्ड अझै कमजोर
-सुदर्शन शर्मा काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत नेपाल पुनर्बीमा कम्पनी (NRIC) को सेयर मूल्य पछिल्ला दिनहरूमा स्थिर रहँदै हल्का सुधारको संकेत देखिएको छ। प्राविधिक विश्लेषणका आधारमा, हाल बजारमा कम्पनीको सेयर सर्टटर्म रिबाउन्डको तयारीमा देखिए पनि समग्र ट्रेन्ड अझै बियरिस नै छ।

