नेपाल एसबिआई बैंकको ऋणपत्रमा ४ गुणा बढी आवेदन
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । प्रति इकाई रु. १००० अंकित दरका कुल ३० लाख इकाई निष्कासन गरिएकोमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको छ । यो ऋणपत्र गत असार ३० देखि साउन १ सम्म खुला रहेको थियो ।