एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा सेवा लिँदा २५% छुट
काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाण्डौको कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

