निफ्राको खुद नाफा १३.८५% ले घट्यो, आम्दानी र ईपीएस कति ?
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवमा आर्जन गरेको तुलनामा १३.८५ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।