पन्चकन्या माई हाइड्रोका दुई आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु
काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाम जिल्लामा प्रबर्द्धन गरिएको दुईवटा आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई सि जलविद्युत आयोजनाबाट असोज २३ गतेदेखि र अप्पर माई जलविद्युत आयोजनाबाट असोज २६ बेलुकी ७ः५० देखि प्लान्ट संचालनमा आई दुबै आयोजना बाट विद्युत उत्पादन सुचारु भएको हो ।