परिवर्तन पक्षधर शक्तिहरू मिलेर देश निर्माणतर्फ अघि बढ्नु पर्छः प्रचण्ड
काठमाण्डौ । माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू मिलेर देश निर्माणतर्फ अघि बढ्नु पर्ने बताएका छन् । छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गरेका हुन् । ‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ,...

