वाणिज्य बैंकहरुले कमाए रु.३८.०१ अर्ब नाफा, आधाको गिरावट
काठमाण्डौ । वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले चालु आवको ७ महिनासम्ममा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आधा बैंकको नाफामा...

