वाणिज्य बैंकहरुको मुनाफा १३.११% ले घट्यो, ५ बैंकको नाफामा मात्रै देखियो सुधार
काठमाण्डौ । वाणिज्य बैंकहरुले १९ अर्ब भन्दा बढी मुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिनासम्ममा वाणिज्य बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् ।यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३।११ प्रतिशत कम हो । गत आवको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको...

