विकास बैंकहरुको नाफा ७५.२३% ले बढ्यो, गरिमा र मुक्तिनाथ अर्ब क्लबमा
काठमाण्डौ । विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा १७ विकास बैंकहरुले ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । विकास बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७५.२३ प्रतिशत बढी हो । गत आवको वैशाख मसान्तसम्म विकास बैंकहरुले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । विकास बैंकहरुको...

