विश्वमै धेरै विदा दिने देशको सूची सार्वजनिक, पहिलो नम्बरमा नेपाल
काठमाण्डौ । अरु विषयमा धेरै पछाडि परे पनि विश्वमै सबैभन्दा धेरै सार्वजनिक विदा दिने देशहरुको सूचीमा भने नेपाल पहिलो नम्बरमा रहेको देखिएको छ । वल्र्ड अफ स्टाटिस्टिक्सले सार्वजनिक गरेको एक ताजा विवरणअनुसार विश्वमा वार्षिक रुपमा सबैभन्दा धेरै पब्लिक होलिडे(सार्वजनिक विदा) दिने देशहरुको सूचीमा नेपाल पहिलो नम्बरमा परेको हो ।

