राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति पाएको हो । आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

