सिस्टम स्ट्रङ्ग, सेन्टिमेन्ट कमजोर: न किन्ने आँट, न बेच्ने हतार !
काठमाण्डौ । अपेक्षाभन्दा विपरीत दिशामा हिँडिरहेको नेपाली सेयरबजार यतिबेला स्पष्ट दिशाविहीन देखिएको छ। नयाँ सरकारसँगै बजारमा उछाल आउने अपेक्षामा बसेका लगानीकर्ताहरू अहिले निराशा र अन्योलबीच ‘पर्ख र हेर’ को मनोविज्ञानमा अड्किएका छन्।

