एशियन लाइफको हकप्रदमा आवेदन दिने म्याद थप
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन १३ गतेसम्मका लागि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । तर उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले आवेदन...