हिमालयन रि इन्स्योरेन्सका कर्मचारी मालामाल, १२२.६६ % ले बढ्यो बोनस
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई मालामाल बनाएको छ । कम्पनीले कर्मचारी सुविधाका लागि गत वर्ष २० करोड ६४ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढी हो । अघिल्लो वर्षमा कम्पनीले कर्मचारी सुविधाका लागि कुल १२ करोड १४ लाख रुपैयाँ छुट्याएको थियो ।